Dataset Viewer
Auto-converted to Parquet Duplicate
id
stringlengths
9
9
query
stringlengths
37
117
passage
stringlengths
67
516
law
stringclasses
31 values
section
stringlengths
0
12
category
stringclasses
7 values
subdomain
stringlengths
3
30
source
stringclasses
1 value
legal_001
केटा केटी दुबैको उमेर कति पुगेपछि मात्र कानुनी रूपमा बिहे गर्न मिल्छ?
पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर भएमा, निजहरू हाडनाता करणी सम्बन्धी कानूनले सजाय हुने नातामा नपर्ने भएमा, दुवैको वैवाहिक सम्बन्ध कायम नरहेको भएमा र दुवैको उमेर बीस वर्ष पूरा भएको भएमा मात्र विवाह गर्न सकिनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ७०(१)
family
marriage
handmade
legal_002
श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी गरेको दोस्रो बिहे कानुनी रूपमा मान्य हुन्छ कि हुँदैन?
मञ्जुरी बिना गरेको विवाह, हाडनाता करणी सम्बन्धी कानूनले सजाय हुने नातामा गरेको विवाह, दफा ७०(१)(घ) विपरीत (बीस वर्ष उमेर नपुगी) गरेको विवाह, तथा कानून बमोजिम अंशबण्डा गरी भिन्न भएको अवस्थामा बाहेक वैवाहिक सम्बन्ध कायम रहँदै गरेको अर्को विवाह स्वतः बदर हुनेछ। त्यस्तो विवाह शुरुदेखि नै अमान्य हुनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ७२
family
marriage
handmade
legal_003
बिहे गर्दा केटाले आफ्नो पहिलेको बिहे र रोग लुकाएको रहेछ, अब त्यो बिहे बदर गराउन मिल्छ?
निको नहुने कडा रोग लागेको, यौनाङ्ग नभएको वा नपुंसक भएको, पहिले नै विवाहित भएको लगायतका कुरा ढाँटी वा झुक्याई विवाह गरे गराएमा त्यस्तो विवाहबाट पीडित व्यक्तिले विवाह बदर गराउन सक्नेछ र झुक्याई विवाह गर्ने गराउनेबाट मनासिब क्षतिपूर्ति समेत भराई लिन सक्नेछ। तर त्यस्तो विवाहबाट महिला गर्भवती भएको वा बच्चा जन्मिसकेको अवस्था...
मुलुकी देवानी संहिता, २०७४
दफा ७३
family
marriage
handmade
legal_004
बिहे नगरी सँगै बसेर बच्चा जन्मियो भने त्यो केटा केटी श्रीमान श्रीमती मानिन्छन्?
कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भ रही महिलाले बच्चा जन्माएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिनेछ। तर जबरजस्ती करणीबाट गर्भ रहेको, हाडनाता भित्रको सम्बन्धबाट, विवाहको उमेर पूरा नभएको वा बहुविवाह हुने अवस्थामा भने विवाह भएको मानिने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ७४
family
marriage
handmade
legal_005
विवाह दर्ता गर्न कहाँ निवेदन दिने? विदेशमा बस्नेले पनि गर्न मिल्छ?
पति पत्नी दुवैले कानून बमोजिम तोकिएको अधिकारी समक्ष निवेदन दिई आफ्नो विवाह दर्ता गराउनु पर्नेछ। नेपाल बाहिर बसोबास गर्ने पति पत्नीले आफू बसेको मुलुकस्थित नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा विवाह दर्ताको निवेदन दिन सक्नेछन्। निवेदन परेको पन्ध्र दिनभित्र विवाह दर्ता गरी विवाह दर्ता प्रमाणपत्र दिनु पर्नेछ, र विवाह ...
मुलुकी देवानी संहिता, २०७४
दफा ७६
family
marriage
handmade
legal_006
कोर्ट म्यारेज गर्न के के चाहिन्छ र कुन अदालतमा जाने?
दर्ताद्वारा विवाह गर्न चाहने पुरुष र महिलाले नेपालमा भए सम्बन्धित जिल्ला अदालतमा र नेपाल बाहिर भए नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा आफ्नो नाम, थर, उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे, बज्यैको नाम, पहिले विवाह भए नभएको र भएको भए सम्बन्ध विच्छेदको विवरण र कम्तीमा दुई जना साक्षीको नाम खुलाई निवेदन दिनु पर्नेछ। जिल...
मुलुकी देवानी संहिता, २०७४
दफा ७७
family
marriage
handmade
legal_007
बिहेपछि श्रीमानको थर नै लेख्नुपर्छ कि माइतीको थर राख्न पाइन्छ?
विवाहित महिलाले विवाहपछि आफ्नो बाबु वा आमाले प्रयोग गरेको थर वा पतिको थर वा दुवै थर प्रयोग गर्न सक्नेछ। पतिको थर प्रयोग गरेकी महिलाको विवाह विच्छेद भएमा निजले चाहेमा बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ८१
family
marriage
handmade
legal_008
श्रीमानले मलाई नसोधी आफ्नो नाममा भएको घरजग्गा बेच्न मिल्छ?
प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक पति वा पत्नीले आफ्नो नाममा दर्ता रहेको सम्पत्ति बिक्री गर्दा वा अन्य किसिमले हक हस्तान्तरण गर्दा एक अर्काको मञ्जुरी लिनु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ९०(२)
family
marriage
handmade
legal_009
दुबै जनाको मञ्जुरीमा डिभोर्स गर्न पाइन्छ?
पति र पत्नी दुवैले चाहेमा जुनसुकै बखत पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन्।
मुलुकी देवानी संहिता, २०७४
दफा ९३
family
divorce
handmade
legal_010
श्रीमती तीन वर्षदेखि माइतीमै बसेकी छिन्, श्रीमानले एकतर्फी सम्बन्ध विच्छेद गर्न सक्छ?
कानून बमोजिम अंश लिई वा भिन्न भई बसेकोमा बाहेक पतिको मञ्जुरी बिना पत्नी लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लाउन नदिएमा वा घरबाट निकालेमा, अङ्गभङ्ग वा अन्य कडा शारीरिक वा मानसिक पीडा हुने काम वा षडयन्त्र गरेमा, वा पत्नीले अर्को व्यक्तिसँग यौन सम्बन्ध राखेको प्रमाणित भएमा पतिले पत्नीको म...
मुलुकी देवानी संहिता, २०७४
दफा ९४
family
divorce
handmade
legal_011
श्रीमानले कुटपिट गर्छ, अर्की बिहे पनि गर्यो — म श्रीमतीले डिभोर्स कुन आधारमा दिन सक्छु?
पतिको मञ्जुरी बिना लगातार तीन वर्ष वा सोभन्दा बढी अलग बसेमा, पतिले खान लाउन नदिएमा वा घरबाट निकालेमा, अङ्गभङ्ग वा अन्य कडा शारीरिक वा मानसिक पीडा हुने काम वा षडयन्त्र गरेमा, पतिले अर्को विवाह गरेमा, अर्की महिलासँग यौन सम्बन्ध राखेको प्रमाणित भएमा वा पत्नीलाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा पत्नीले पतिको मञ्जुरी बिना ...
मुलुकी देवानी संहिता, २०७४
दफा ९५
family
divorce
handmade
legal_012
अदालतमा डिभोर्सको मुद्दा हालेपछि मिलाउन खोज्छन् रे, नमिल्दा कति समयमा फैसला हुन्छ?
सम्बन्ध विच्छेदको निवेदन परेमा अदालतले सकेसम्म दुवै पक्षलाई सम्झाई बुझाई मेलमिलाप गराउनु पर्नेछ। सम्झाउँदा बुझाउँदा पनि मेलमिलाप हुन नसकेमा र सम्बन्ध कायम राख्नुभन्दा विच्छेद गर्नु उपयुक्त देखेमा अदालतले सम्बन्ध विच्छेद गरिदिनेछ। तर पति पत्नी मिल्न मञ्जुर नभएमा निवेदन परेको एक वर्षपछि सम्बन्ध विच्छेद गरिदिनु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ९८
family
divorce
handmade
legal_013
डिभोर्स हुँदा श्रीमतीले श्रीमानको सम्पत्तिबाट अंश पाउँछे?
पतिको कारणबाट सम्बन्ध विच्छेद हुने भएमा पत्नीले माग गरेमा अदालतले सम्बन्ध विच्छेद गर्नुअघि पति पत्नीबीच अंशबण्डा गराउनेछ। पति पत्नी दुवै वा कुनै एकको नाममा रहेको सगोलको सम्पत्ति सम्बन्ध विच्छेद गर्नुअघि कानून बमोजिम बण्डा गरिनेछ, र पतिले बाबु वा अन्य अंशियारबाट अंश नलिएको भए अन्य अंशियार समेत बुझी पति पत्नीबीच अंश छुट्...
मुलुकी देवानी संहिता, २०७४
दफा ९९
family
divorce
handmade
legal_014
श्रीमतीले अर्कै केटासँग सम्बन्ध राखेका कारण डिभोर्स भयो भने पनि श्रीमानले अंश वा भरणपोषण दिनुपर्छ?
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९४ को खण्ड (ख), (ग) वा (घ) मा उल्लिखित आधारमा (पत्नीले खान लाउन नदिएको वा घरबाट निकालेको, कडा पीडा दिएको वा अर्को व्यक्तिसँग यौन सम्बन्ध राखेको) सम्बन्ध विच्छेदको निवेदन परेकोमा पतिलाई यस परिच्छेद बमोजिम पत्नीलाई अंश वा खान लाउन दिन बाध्य गराइने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ९९(६)
family
divorce
handmade
legal_015
अंशको सट्टा एकमुष्ट पैसा वा मासिक खर्च माग्न पाइन्छ? फेरि बिहे गरे के हुन्छ?
दफा ९९ मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्ध विच्छेद गर्ने पत्नीले अंशको सट्टा पतिबाट एकमुष्ट रकम वा वार्षिक वा मासिक रूपमा खान लाउन वा खर्च लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आयको आधारमा त्यस्तो रकम वा खर्च दिलाउन आदेश दिन सक्नेछ। तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनु पर्ने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा १००
family
divorce
handmade
legal_016
बाँड्ने सम्पत्ति नै छैन, तर श्रीमानको तलब छ भने डिभोर्सपछि खर्च पाइन्छ? श्रीमतीको कमाइ बढी भए नि?
बण्डा गर्ने सम्पत्ति नभएको कारणले पतिबाट अंश नपाएकी पत्नीले खान लाउन पाउँ भनी माग गरेमा र पतिको आय भएमा अदालतले सम्बन्ध विच्छेद भएको पतिको आयको आधारमा पत्नीलाई खान लाउन दिन आदेश दिन सक्नेछ। तर त्यस्ती पत्नीले अर्को विवाह गरेमा वा पत्नीको आय पतिको भन्दा बढी भएमा त्यस्तो खर्च दिनु पर्ने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा १०१
family
divorce
handmade
legal_017
श्रीमानले घरबाट निकाल्यो र यातना दिन्छ, डिभोर्स नगरी आफ्नो अंश छुट्याएर अलग बस्न पाइन्छ?
दफा २११ मा जुनसुकै कुरा लेखिएको भए तापनि पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरेमा वा शारीरिक वा मानसिक यातना दिएमा पति वा पत्नीले जुनसुकै बखत आफ्नो अंश लिई भिन्न हुन सक्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा २१३
family
divorce
handmade
legal_018
श्रीमान बितेपछि विधवा बुहारीले घरमा अंश माग्न पाउँछ? फेरि बिहे गरे त्यो सम्पत्ति के हुन्छ?
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विधवा महिलाले जुनसुकै बखत आफ्नो अंश लिई भिन्न हुन सक्नेछ। विधवा महिलाले अर्को विवाह गरेमा अंश बापत पाएको सम्पत्ति निजको अघिल्लो पतिबाट जन्मिएका छोराछोरी भए तिनलाई जानेछ र त्यस्ता छोराछोरी नभए निज आफैँले राख्न पाउनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा २१४
family
divorce
handmade
legal_019
डिभोर्स भएपछि ३ वर्षको छोरा कसले पाउँछ? आमाले फेरि बिहे गरे पनि पाउँछ?
कानून बमोजिम पति पत्नीको वैवाहिक सम्बन्ध अन्त्य भएमा पाँच वर्ष उमेर पूरा नगरेको नाबालक आमाले चाहेमा आमाले अर्को विवाह गरे वा नगरेको जेसुकै भए पनि आमाको संरक्षणमा रहनेछ। पाँच वर्षभन्दा माथिको नाबालक आमाले अर्को विवाह गरेकोमा बाहेक आमाले चाहेमा आमाको संरक्षणमा रहनेछ, र सोबाहेकको अवस्थामा बाबुको संरक्षणमा रहनेछ। सम्बन्ध व...
मुलुकी देवानी संहिता, २०७४
दफा ११५(१)
family
custody_maintenance
handmade
legal_020
१२ वर्षको छोरीले आमासँग बस्छु भनिन् भने अदालतले उसको कुरा सुन्छ?
उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्ष उमेर पूरा भएको नाबालक बाबु वा आमामध्ये कसको संरक्षणमा रहने भन्ने कुराको निर्णय गर्दा सम्बन्धित नाबालकको राय समेत लिन सकिनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ११५(३)
family
custody_maintenance
handmade
legal_021
बच्चा मसँग छ, उसको बाबुको कमाइ धेरै छ — बच्चाको पढाइ र उपचार खर्च उसले दिनुपर्छ?
नाबालकलाई संरक्षणमा नलिने बाबु वा आमाको आय संरक्षणमा लिने बाबु वा आमाको भन्दा बढी भएमा त्यस्तो बाबु वा आमाले नाबालकको पालनपोषण, शिक्षा र उपचारका लागि आपसमा सहमति भए बमोजिम र सहमति हुन नसकेमा अदालतले तोके बमोजिमको खर्च दिनु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ११६(२)
family
custody_maintenance
handmade
legal_022
छोरा श्रीमतीसँग बस्छ, डिभोर्सपछि मलाई बाबुको हैसियतले भेट्न दिँदैनन्, के गर्ने?
वैवाहिक सम्बन्ध अन्त्य भएको वा बाबु आमा कानून बमोजिम छुट्टिएर बसेको अवस्थामा आमाको संरक्षणमा रहेको नाबालकलाई बाबुसँग र बाबुको संरक्षणमा रहेको नाबालकलाई आमासँग समय समयमा भेटघाट गर्न वा बाबु आमाको सहमतिमा केही समय बस्न दिनु पर्नेछ। भेटघाटको अवधि बाबु आमाले तय गरे बमोजिम र तय नभए अदालतले आदेश दिए बमोजिम हुनेछ, तर नाबालकको...
मुलुकी देवानी संहिता, २०७४
दफा ११७
family
custody_maintenance
handmade
legal_023
छोराले बुढेसकालमा आमाबुबालाई हेरचाह र खर्च दिनुपर्ने कानुनी दायित्व छ?
प्रत्येक छोरा छोरीले आफ्नो बाबु आमालाई आदर र सम्मान गर्नु पर्नेछ। प्रत्येक छोरा छोरीले सगोलमा वा कानून बमोजिम भिन्न भई बसेको भए पनि आफ्नो आर्थिक र सामाजिक हैसियत अनुसार आफ्नो बाबु आमाको आवश्यक हेरचाह, पालनपोषण, औषधोपचार र रेखदेख गर्नु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा १२२
family
custody_maintenance
handmade
legal_024
बिहे गरेको धेरै वर्ष भयो बच्चा भएन, धर्मपुत्र राख्न सकिन्छ? अविवाहितले पनि पाउँछ?
विवाह भएको दश वर्षसम्म पनि सन्तान नभएको दम्पती, पैंतालीस वर्ष उमेर पूरा भएकी अविवाहित महिला वा छोरा छोरी नभएकी विधवा, सम्बन्ध विच्छेद भएकी वा न्यायिक पृथकीकरण भएकी महिला, तथा पैंतालीस वर्ष उमेर पूरा भएको अविवाहित पुरुष वा छोरा छोरी नभएको विधुर, सम्बन्ध विच्छेद भएको वा न्यायिक पृथकीकरण भएको पुरुषले धर्मपुत्र वा धर्मपुत्...
मुलुकी देवानी संहिता, २०७४
दफा १७२
family
adoption_guardianship
handmade
legal_025
१५ वर्षको भतिजालाई धर्मपुत्र बनाउन मिल्छ? एक्लो छोरालाई धर्मपुत्र दिन मिल्छ?
चौध वर्ष उमेर पूरा भएको, एक मात्र छोरा वा छोरी भएको, एक पटक धर्मपुत्र वा धर्मपुत्री भइसकेको, धर्मपुत्र राख्ने व्यक्तिभन्दा माथिल्लो पुस्ताको नाताको वा नेपाली नागरिक नभएको व्यक्तिलाई धर्मपुत्र धर्मपुत्री राख्न पाइने छैन। तर तीन पुस्ताभित्रको नातामा पर्ने व्यक्ति वा पत्नीको अघिल्लो पतितर्फबाट जन्मिएको छोरा छोरी भए चौध वर...
मुलुकी देवानी संहिता, २०७४
दफा १७३
family
adoption_guardianship
handmade
legal_026
धर्मपुत्री राख्न कहाँ निवेदन दिने, अदालतबाट नै अनुमति लिनुपर्छ?
धर्मपुत्र वा धर्मपुत्री राख्न चाहने व्यक्तिले कानूनी शर्त पूरा गरी धर्मपुत्र धर्मपुत्री राख्ने लिखत सहित सम्बन्धित अदालतमा निवेदन दिनु पर्नेछ। जाँचबुझ गर्दा अनुमति दिन सकिने देखिएमा जिल्ला अदालतले धर्मपुत्र धर्मपुत्री राख्न अनुमति दिने आदेश गरी त्यस्तो लिखत प्रमाणित गर्नेछ, र अनुमति दिन नसकिने देखिएमा सोही बमोजिम आदेश ...
मुलुकी देवानी संहिता, २०७४
दफा १७७
family
adoption_guardianship
handmade
legal_027
बाबु बितेपछि नाबालक छोराछोरीको संरक्षक को हुन्छ? आमा कि हजुरबुबा?
असक्षम वा अर्धसक्षम व्यक्तिको संरक्षक देहायको प्राथमिकताक्रम अनुसार स्वतः हुनेछ: सगोलमा रहेको पति वा पत्नी, बाबु वा आमा, सगोलमा रहेका छोरा, छोरी वा विधवा बुहारी, भिन्न भएका पति वा पत्नी, भिन्न भएका छोरा छोरी वा विधवा बुहारी, बाजे वा बज्यै, नाति वा नातिनी, दाजु भाइ वा दिदी बहिनी, र मावलीतर्फका बाजे बज्यै, मामा माइजु। पह...
मुलुकी देवानी संहिता, २०७४
दफा १३६
family
adoption_guardianship
handmade
legal_028
बिहे भएकी छोरीले पनि बाबुको पैतृक सम्पत्तिमा अंश पाउँछे?
सगोलको सम्पत्ति बण्डा प्रयोजनका लागि यस परिच्छेदका अन्य दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा र छोरीलाई अंशियार मानिनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा २०५
family
inheritance_property
handmade
legal_029
अंशबण्डा गर्दा छोरा र छोरीको भाग बराबर हुन्छ कि छोराले बढी पाउँछ? पेटमा भएको बच्चाको भाग नि?
प्रत्येक अंशियारको अंशमा समान हक हुनेछ। अंशबण्डा हुँदाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र जन्मने सन्तान अंशियार हुने भएमा त्यस्तो जन्मने सन्तानलाई समेत अंशियार मानी निजको अंश छुट्याई राखेर मात्र बण्डा गर्नु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा २०६
family
inheritance_property
handmade
legal_030
अविवाहित दाजु बिते, उहाँको नाममा भएको जग्गा कसले पाउँछ — आमा कि हामी भाइबहिनी?
कसैको अपुताली परेमा नजिकको हकवालाले अपुताली पाउनेछ। अपुताली पाउने प्राथमिकताक्रम देहाय बमोजिम हुनेछ: सगोलको पति वा पत्नी; सगोलका छोरा, छोरी, विधवा बुहारी; सगोलका बाबु, आमा, सौतेनी आमा, छोरा वा छोरीतर्फका नाति, नातिनी, नातिनी बुहारी; भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा; ... सगोलका बाजे, बज्यै, दाजु,...
मुलुकी देवानी संहिता, २०७४
दफा २३९
family
inheritance_property
handmade
legal_031
आफ्नै छोराले बुढेसकालमा हेरेनन्, भतिजाले स्याहार गर्यो — मरेपछि सम्पत्ति भतिजाले पाउँछ?
नजिकको हकवालाले कुनै व्यक्तिको स्याहार सम्भार र हेरविचार नगरी टाढाको हकवालाले गरेको रहेछ भने त्यस्तो स्याहार सम्भार र हेरविचार गर्ने टाढाको हकवालाले अपुताली पाउनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा २४१
family
inheritance_property
handmade
legal_032
सम्पत्तिको लोभमा बाबुको हत्या गर्ने छोराले अपुताली पाउँछ?
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पूर्वाग्रह राखी वा अपुताली पाउने उद्देश्यले कसैले कुनै व्यक्तिलाई मारेमा वा मार्न लगाएमा त्यस्तो व्यक्ति र निजको हकवाला मृतक वा निजको हकवालाको अपुताली पाउन अयोग्य हुनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा २४५
family
inheritance_property
handmade
legal_033
माइतीबाट पाएको दाइजो र बिहे अघि कमाएको पैसा श्रीमतीको आफ्नै निजी सम्पत्ति हो?
महिलाले विवाह हुनुअघि आर्जन वा प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीपक्षबाट पाएको सम्पत्ति, तथा पतिले वा पतितर्फका सबै अंशियारको मञ्जुरीले निजको एकलौटी हक हुने गरी दिएको वा पतितर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति निजको निजी सम्पत्ति मानिनेछ। निजी सम्पत्ति आफूखुसी गर्न ...
मुलुकी देवानी संहिता, २०७४
दफा २५६
family
inheritance_property
handmade
legal_034
मरेपछि मात्र लागू हुने गरी कसैलाई जग्गा दिने (शेषपछिको बकसपत्र) बनाउन मिल्छ?
कुनै व्यक्तिले आफ्नो हक स्वामित्वको सम्पत्ति दान वा बकसपत्र गर्दा तत्काल वा निश्चित अवधिपछि वा दान बकस गर्ने व्यक्तिको मृत्युपछि लागू हुने गरी गर्न सक्नेछ। दान वा बकसपत्र गर्ने व्यक्तिको मृत्युपछि मात्र लागू हुने गरी गरेको दान वा बकसपत्रलाई शेषपछिको दान वा शेषपछिको बकसपत्र गरेको मानिनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४०६(३)
family
inheritance_property
handmade
legal_035
एक पटक शेषपछिको बकसपत्र गरिसकेपछि मन फेरियो भने बदर वा संशोधन गर्न मिल्छ?
शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा आफूले गरेको शेषपछिको बकसपत्रको लिखत जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफैँ उपस्थित भई छुट्टै लिखत गरी संशोधन वा बदर गर्न सक्नेछ। अघिल्लो लिखत बदर नगरी एक पटक शेषपछिको बकसपत्र गरिसकेको सम्पत्ति अर्को व्यक्तिलाई पुनः शेषपछिको बकसपत्र गरेमा अघिल्लो लिखत नै स्वतः मान्य हुनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४१०
family
inheritance_property
handmade
legal_036
श्रीमानले कुटपिट त गर्दैन तर दिनहुँ गाली गर्छ, धम्क्याउँछ, पैसा दिँदैन — यो पनि घरेलु हिंसा हो?
"घरेलु हिंसा" भन्नाले कुनै व्यक्तिले पारिवारिक सम्बन्ध रहेको अर्को व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना सम्झनु पर्छ र सो शब्दले गाली गलौज गर्ने वा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ। आर्थिक हानि भन्नाले कानून बमोजिम पाउने संयुक्त वा निजी सम्पत्तिबाट वञ्चित गर्ने वा रोजगारी वा आर्...
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६
दफा २
family
family_violence_offences
handmade
legal_037
घरेलु हिंसाको उजुरी कहाँ दिने? प्रहरीमा मात्र हो कि वडामा पनि मिल्छ?
घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको छ भन्ने जानकारी पाउने व्यक्तिले सोको लिखित वा मौखिक उजुरी प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग वा स्थानीय तह समक्ष दिन सक्नेछ। लिखित उजुरी परेमा तुरुन्त दर्ता गर्नु पर्नेछ र मौखिक उजुरी भए व्यहोरा लेखी उजुरीकर्ताको सहीछाप गराई दर्ता गर्नु पर्नेछ।
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६
दफा ४(१)
family
family_violence_offences
handmade
legal_038
घरेलु हिंसा गरेमा कति सजाय हुन्छ? फेरि दोहोर्याए नि?
घरेलु हिंसाको कसूर गर्ने व्यक्तिलाई तीन हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ। घरेलु हिंसा गर्ने उद्योग वा दुरुत्साहन गर्नेलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ, एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः कसूर गरेमा प्रत्येक पटक दोब्बर सजाय हुनेछ, र सार्वजनिक पद धारण ...
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६
दफा १३
family
family_violence_offences
handmade
legal_039
१७ वर्षकी छोरीको बिहे गराइदिए आमाबुबालाई पनि मुद्दा लाग्छ? सजाय कति?
विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पूरा नभई विवाह गर्न वा गराउन हुँदैन। सो विपरीत भएको विवाह स्वतः बदर हुनेछ। सो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
मुलुकी अपराध संहिता, २०७४
दफा १७३
family
family_violence_offences
handmade
legal_040
श्रीमान छँदाछँदै दोस्रो बिहे गरेमा कति वर्ष जेल हुन्छ? थाहा पाएर बिहे गर्ने केटीलाई पनि सजाय हुन्छ?
विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुँदैन र कुनै महिलाले विवाहित पुरुष हो भन्ने जानीजानी निजसँग विवाह गर्न हुँदैन। तर कानून बमोजिम अंशबण्डा गरी पति पत्नी भिन्न भएको अवस्थामा पुनः विवाह गर्न बाधा पर्ने छैन। सो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैय...
मुलुकी अपराध संहिता, २०७४
दफा १७५
family
family_violence_offences
handmade
legal_041
बिहेपछि दाइजो कम ल्याई भनेर सासु ससुराले हेला र दुर्व्यवहार गर्छन्, कानुनमा के सजाय छ?
प्रचलनमा रहेको सामान्य उपहार, दान, दक्षिणा वा शरीरमा लगाउने एकसरो गहना बाहेक दाइजो वा कुनै चल अचल सम्पत्ति माग गरी वा लिने दिने शर्तमा विवाह गर्न गराउन हुँदैन, र सो कसूरमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। विवाह भइसकेपछि दाइजो माग गर्न वा दाइजो नल्याएको कारणले बेहुली वा निजको नातेदारल...
मुलुकी अपराध संहिता, २०७४
दफा १७४
family
family_violence_offences
handmade
legal_042
श्रीमानले नै जबरजस्ती यौन सम्बन्ध राखे पनि बलात्कार मानिन्छ?
उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा निजलाई पाँच वर्षसम्म कैद हुनेछ। भिन्न भिनाउको अंश मुद्दा दायर भएको, अंश लिई भिन्न बसेको वा सम्बन्ध विच्छेदको मुद्दा दायर भएको अवस्थालाई भने वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन।
मुलुकी अपराध संहिता, २०७४
दफा २१९(४)
family
family_violence_offences
handmade
legal_043
बच्चा जन्मेको कति दिनभित्र जन्मदर्ता गराइसक्नुपर्छ? बिहे भएपछि विवाह दर्ताको सूचना कसले दिने?
व्यक्तिगत घटना दर्ता गराउनका लागि त्यस्तो घटना घटेको पैंतीस दिनभित्र तोकिए बमोजिमको फाराम भरी स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा सूचना गर्नु पर्नेछ: जन्मको सूचना बाबु वा आमाले र निजहरूको अनुपस्थितिमा परिवारको अठार वर्ष उमेर पुगेको व्यक्तिले, मृत्युको सूचना बाबु, आमा, पति, पत्नी, छोरा वा छोरीले, विवाहको सूचना पति पत्नी ...
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६
दफा १८(१)
family
registration_citizenship
handmade
legal_044
३५ दिन नाघिसक्यो, अब ढिला गरी जन्मदर्ता वा विवाह दर्ता हुन्छ कि हुँदैन?
दफा १८ को उपदफा (१) वा (२) बमोजिमको म्याद नाघेपछि व्यक्तिगत घटनाको दर्ता गराउन आएमा तोकिए बमोजिमको विलम्ब शुल्क लिई त्यस्तो व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६
दफा १९(३)
family
registration_citizenship
handmade
legal_045
अदालतबाट डिभोर्सको फैसला भइसक्यो, अब वडामा सम्बन्ध विच्छेद दर्ता गर्दा के चाहिन्छ?
सम्बन्ध विच्छेदको सूचना दर्ता गर्दा सो सम्बन्धमा अदालतबाट भएको निर्णय समेत हेरी दर्ता गर्नु पर्नेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६
दफा १९(२)
family
registration_citizenship
handmade
legal_046
धर्मपुत्र राखेपछि वडामा पनि दर्ता गराउनुपर्छ?
प्रचलित कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले सम्बन्धित स्थानीय पञ्जिकाधिकारी समक्ष सोको सूचना दर्ता गर्नु पर्नेछ। कुनै व्यक्तिको मृत बच्चा जन्मिएको वा बच्चा जन्मनासाथ मृत्यु भएमा पनि सोको सूचना दर्ता गराउन सकिनेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६
दफा २९(१)
family
registration_citizenship
handmade
legal_047
आमा मात्र नेपाली नागरिक भए सन्तानले वंशजको नागरिकता पाउँछ?
यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएका देहायका व्यक्ति वंशजको आधारमा नेपालको नागरिक मानिनेछन्: (क) संविधान प्रारम्भ हुनुअघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्ति, (ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति।
नेपालको संविधान
धारा ११(२)
family
registration_citizenship
handmade
legal_048
बाबुको पहिचान नभएको बच्चाले आमाको नामबाट नागरिकता लिन पाउँछ? के कागज चाहिन्छ?
नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ। बाबु सम्पर्कविहीन भई वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको अवस्थामा निज र निजको आमाले बाबुको पहिचान हुन नसकेको भनी स्वघोषणा गरेमा बाबुको पहिचान हुन नसकेको म...
नेपाल नागरिकता ऐन, २०६३
दफा ३(५)
family
registration_citizenship
handmade
legal_049
विदेशी केटीसँग बिहे गरेँ, उनले नेपाली नागरिकता कसरी लिन सक्छिन्?
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ। त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ।
नेपाल नागरिकता ऐन, २०६३
दफा ५(१)
family
registration_citizenship
handmade
legal_050
नागरिकता बनाउन कति वर्ष पुग्नुपर्छ र के के कागजात लैजानुपर्छ?
वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले बाबु वा आमा वा आफ्नो वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र लगायतका तोकिएका कागजातको प्रतिलिपि संलग्न राखी तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।
नेपाल नागरिकता ऐन, २०६३
दफा ८(१)
family
registration_citizenship
handmade
legal_051
जग्गा किनबेच गर्दा मालपोतमा रजिष्ट्रेशन पारित नगरी घरसारमै कागज गरे त्यो मान्य हुन्छ कि हुँदैन?
कुनै पनि व्यवहारले अचल सम्पत्ति हस्तान्तरण गरी दिएको लिखत सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्नेछ। कसैले पारित गर्नु पर्ने लिखत पारित नगराएमा त्यस्तो लिखतले कानूनी मान्यता पाउने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ४६४
property
land_transfer
handmade
legal_052
बुबा बित्नुभयो, उहाँको नाममा भएको जग्गा आफ्नो नाममा नामसारी गर्न कति दिनभित्र निवेदन दिनुपर्छ? ढिला भयो भने के हुन्छ?
कुनै जग्गाको दर्तावाला मरी आफ्नो नाउँमा जग्गा नामसारी गर्नु परेमा सम्बन्धित व्यक्तिले त्यस्तो काम भएको पैंतीस दिनभित्र मालपोत कार्यालयमा निवेदन दिई नामसारी, दाखिल खारेज गराउनु पर्नेछ। सो म्याद नाघेपछि निवेदन दिएमा मालपोत कार्यालयले जतिसुकै अवधि व्यतीत भए तापनि एकसय रूपैयाँ दस्तुर लिई नामसारी, दाखिल खारेज गरिदिनु पर्नेछ...
मुलुकी देवानी संहिता, २०७४
दफा २९७
property
land_transfer
handmade
legal_053
लालपुर्जामा मेरो बाबुको नाम र जग्गाको क्षेत्रफल गलत लेखिएको छ, कसरी सच्याउने?
जग्गावालाको नाम, थर, वतन, उमेर वा निजको बाबु, बाजे, पति वा ससुराको नाम थर वा जग्गाको कित्ता नम्बर, क्षेत्रफल वा किसिम फरक परेकोमा वा दोहोरो दर्ता हुन गएकोमा मालपोत कार्यालयले आवश्यक जाँचबुझ गरी सो कुरा सच्याई दर्ता कायम गर्न सक्नेछ।
मालपोत ऐन, २०३४
दफा ७(३)
property
land_transfer
handmade
legal_054
लालपुर्जा हरायो, अब नयाँ प्रतिलिपि कहाँबाट र कसरी पाइन्छ?
जग्गाधनी प्रमाण पुर्जा हराएमा, नासिएमा वा झुत्रो भएमा जग्गाधनीले सम्बन्धित मालपोत कार्यालयमा कारण खुलाई निवेदन दिनु पर्छ र कार्यालयले अभिलेख भिडाई तोकिएको दस्तुर लिई जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि दिन सक्छ।
मालपोत नियमावली, २०३६
property
land_transfer
handmade
legal_055
एउटै कित्ता जग्गा दुई भाइलाई छुट्याउन कित्ताकाट गर्नुपर्‍यो, प्रक्रिया के हो?
जग्गाधनीले कित्ताकाटका लागि मालपोत कार्यालय मार्फत नापी कार्यालयमा निवेदन दिएपछि अमिनले स्थलगत नापजाँच गरी साविक कित्ताबाट नयाँ कित्ता नम्बर कायम गर्छ र साविक कित्ता नम्बर, नयाँ कित्ता नम्बर, क्षेत्रफल, चार किल्ला तथा दिने र लिनेको नाम सहित कित्ताकाट स्रेस्ता अद्यावधिक गरिन्छ।
जग्गा (नाप जाँच) नियमावली, २०५८
property
land_transfer
handmade
legal_056
मेरो जग्गा अदालतको मुद्दाले रोक्का भएको छ, फुकुवा कसरी हुन्छ? बैंकले पनि रोक्का राख्न सक्छ?
कुनै घर जग्गामा विवाद परी वा अरु कुनै कारणले रोक्का राख्न आवश्यक देखिएमा मालपोत कार्यालयले त्यस्तो घर जग्गा रोक्का राख्न सक्नेछ। प्रचलित कानून बमोजिम कुनै अड्डा, अदालत वा सरकारी कार्यालयबाट रोक्का वा फुकुवा गर्न लेखी आएमा मालपोत कार्यालयले लेखी आए बमोजिम रोक्का वा फुकुवा गरिदिनु पर्छ, र बैंक, वित्तीय संस्था वा स्थानीय ...
मालपोत ऐन, २०३४
दफा ८ख
property
land_transfer
handmade
legal_057
मालपोत (भूमिकर) चाँडो तिरे छुट पाइन्छ भन्छन्, कहिलेसम्म तिर्दा कति छुट हुन्छ?
माघ मसान्तसम्ममा सो वर्षको मालपोत बुझाउने जग्गावालालाई सो वर्षको लाग्ने मालपोतको पाँच प्रतिशत छुट दिइनेछ। जग्गावालाले बुझाउनु पर्ने मालपोत प्रत्येक वर्ष जेष्ठ मसान्तसम्ममा बुझाउनु पर्नेछ।
मालपोत ऐन, २०३४
दफा १२
property
land_transfer
handmade
legal_058
एउटै जग्गा बेच्नेले दुई जनालाई बेचेछ, अब जग्गा कसको हुन्छ?
कसैले पनि एउटा व्यक्तिलाई हस्तान्तरण गरिसकेको सम्पत्ति दोहोरो पारी अन्य व्यक्तिलाई हस्तान्तरण गर्न हुँदैन। त्यस विपरीत अचल सम्पत्ति हस्तान्तरण गरेको भए पहिले रजिष्ट्रेशन पारित भएको लिखतले कानूनी मान्यता पाउनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४२२
property
land_transfer
handmade
legal_059
विदेशी नागरिक साथीलाई मेरो नाममा भएको घरजग्गा बेच्न मिल्छ?
कसैले पनि नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै विदेशीलाई अचल सम्पत्ति हस्तान्तरण गर्न पाउने छैन; गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा प्रचलित कानून बमोजिम हुनेछ। यस विपरीत हस्तान्तरण गरेमा सो सम्बन्धी लिखत स्वतः बदर भई त्यस्तो सम्पत्ति नेपाल सरकारको हुनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४३२
property
land_transfer
handmade
legal_060
काकाले आफ्नो जग्गा बाहिरको मान्छेलाई बेच्नुभयो, सँधियार हकवाला भएकोले म हकसफा गरी लिन पाउँछु?
कसैले आफ्नो अचल सम्पत्ति बिक्री गरेकोमा त्यस्तो सम्पत्तिमा सन्धिसर्पण पर्ने हकवालाले खरिद गर्ने व्यक्तिले तिरेको रकम र लिखत पारित गर्दा लागेको दस्तुर निजलाई बुझाई त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछ। हकसफा गर्न चाहने हकवाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकवालाले पाउनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४५५
property
land_transfer
handmade
legal_061
काठमाडौं उपत्यकामा एक परिवारले बढीमा कति रोपनी जग्गा राख्न पाउँछ? हदबन्दी कति हो?
कुनै व्यक्ति वा निजको परिवारले जग्गाधनीको हैसियतमा तराई र भित्री मधेशमा दश बिघा, काठमाडौं उपत्यकामा पच्चीस रोपनी र काठमाडौं उपत्यका बाहेक पहाडी क्षेत्रमा सत्तरी रोपनीसम्म जग्गा राख्न पाउनेछ। त्यसका अतिरिक्त घरबारीको लागि तराईमा एक बिघा र काठमाडौं उपत्यका तथा पहाडी क्षेत्रमा पाँच रोपनीसम्म जग्गा राख्न सकिनेछ।
भूमिसम्बन्धी ऐन, २०२१
दफा ७
property
tenancy_ceiling
handmade
legal_062
हाम्रो खेतमा पुरानो मोही छ, जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड गर्दा कसले कति पाउँछ?
जग्गाधनी र मोहीबीच आपसी सहमति हुन नसकेमा कुनै एक पक्षको निवेदन परेमा तोकिएको अधिकारीले जग्गाधनी र मोही दुवैलाई झिकाई आवश्यक प्रमाण बुझी मोही लागेको जग्गा जग्गाधनी र मोहीलाई आधा आधा हुने गरी बाँडफाँड गरी मोहीको लगत कट्टा गर्नेछ।
भूमिसम्बन्धी ऐन, २०२१
दफा २६घ
property
tenancy_ceiling
handmade
legal_063
मोही बुबा बित्नुभयो भने मोहियानी हक छोरा वा श्रीमतीलाई सर्छ कि सकिन्छ?
मोहीले कमाएको जग्गाको मोहियानी हक निजको मृत्युपछि निजको एकासगोलमा रहेका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, बुहारी, नाति, नातिनी, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीमध्ये जग्गाधनीले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ।
भूमिसम्बन्धी ऐन, २०२१
दफा २६(१)
property
tenancy_ceiling
handmade
legal_064
मोहीले कुत नै तिर्दैन, जग्गाधनीले मोही हटाउन सक्छ?
दैवी प्रकोपले बाली नष्ट भएको वा नफलेको अवस्थामा बाहेक मोहीले कुत नबुझाएको भनी जग्गाधनीले निवेदन दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्कासन गर्ने आदेश दिन सक्नेछ। मोहीले जानीजानी जग्गाको मूल्य वा उब्जनी घट्ने काम गरेमा वा आफ्नो काबु बाहिरको अवस्था बाहेक एक वर्षसम्म जग्गा नकमाएमा पनि मोही निष्कासन गर्न सकिन्छ।
भूमिसम्बन्धी ऐन, २०२१
दफा २९
property
tenancy_ceiling
handmade
legal_065
मोहीले जग्गाधनीलाई बर्सेनि कति कुत बुझाउनुपर्छ? बढी माग्न पाइन्छ?
जग्गाधनीले मोहीसँग जग्गाको मूल बालीको वार्षिक उब्जनीको पचास प्रतिशतभन्दा बढी कुत वा बाली बाँडफाँड लिन पाउने छैन।
भूमिसम्बन्धी ऐन, २०२१
दफा ३३
property
tenancy_ceiling
handmade
legal_066
कोठा भाडामा दिँदा लिखित सम्झौता गर्नै पर्छ? सानो भाडामा पनि चाहिन्छ?
घर बहालमा दिँदा घरधनी र बहालवालाको नाम ठेगाना, कित्ता नम्बर, प्रयोजन, अवधि, मासिक बहाल, बुझाउने समय आदि खुलाई लिखित सम्झौता गर्नु पर्नेछ, जसमा बहालवालाको फोटो टाँस गरी दुवै पक्षका कम्तीमा दुई जना साक्षीको सहीछाप गरी एक एक प्रति लिनु पर्छ। तर मासिक बीस हजार रूपैयाँसम्मको घर बहालमा लिखित सम्झौता गर्नु पर्ने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ३८६
property
house_rent
handmade
legal_067
सम्झौतामा भाडा तिर्ने दिन लेखेको छैन भने भाडा कहिलेसम्म तिर्नुपर्छ? नगद दिँदा रसिद माग्न पाइन्छ?
सम्झौतामा बहाल बुझाउने तरिका र प्रक्रिया उल्लेख नभएकोमा बहालमा लिने व्यक्तिले प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र घरधनीलाई बहाल बुझाउनु पर्नेछ, जुन चेक वा नगद रूपमा बुझाउन सकिन्छ। घरधनीले नगदै बहाल बुझेकोमा त्यसको भरपाई बहाल बुझाउने व्यक्तिलाई दिनु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ३९१
property
house_rent
handmade
legal_068
भाडाको कोठा छोड्न चाह्यो भने घरबेटीलाई कति दिनअघि खबर गर्नुपर्छ?
जुन प्रयोजनको लागि घर बहालमा लिएको हो त्यस्तो कामको लागि घर नचाहिने भई छाड्नु परेमा सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा लिने व्यक्तिले कम्तीमा पैँतीस दिन अगावै घरधनीलाई लिखित सूचना दिनु पर्नेछ। सूचना नदिई घर छाडेमा घरधनीले त्यस अवधिको बहाल अग्रिम रकमबाट कट्टा गर्न वा भराई लिन पाउनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४००
property
house_rent
handmade
legal_069
घरबेटीले 'मलाई नै घर चाहियो' भनेर अचानक निकाल्न मिल्छ? कति समयको सूचना दिनुपर्छ?
घरधनी आफैलाई घर आवश्यक भएको अवस्थामा बहालवालालाई हटाउनु परेमा घरधनीले कम्तीमा पैंतीस दिनको अग्रिम लिखित सूचना दिनु पर्नेछ। त्यसरी हटाएकोमा घरधनीले त्यस्तो घर आफूले प्रयोग नगरी तीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन पाउने छैन, र तीन महिनाभित्र बहालमा दिने भएमा पहिलेको बहालवालाले प्राथमिकता पाउनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४०१
property
house_rent
handmade
legal_070
भाडावाल तीन महिनादेखि भाडा नतिरी बेपत्ता भयो, सामान कोठामै छ, घरबेटीले के गर्ने?
बहालवाला बिना सूचना तीन महिना वा सोभन्दा बढी बहाल नबुझाई बेपत्ता भई फेला नपरेमा घरधनीले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ र वडा कार्यालयले पन्ध्र दिनको सार्वजनिक सूचना दिनेछ। सो अवधिभित्र उपस्थित नभएमा वडा कार्यालयले घर खोली मालसामान कसैको जिम्मा लगाई घर खाली गराउन सक्नेछ, र वडाले एक महिनाभित्र कारबाही नगरेमा...
मुलुकी देवानी संहिता, २०७४
दफा ४०४
property
house_rent
handmade
legal_071
भाडामा लिएको फ्ल्याटको एउटा कोठा अर्कोलाई सबलेट गर्न पाइन्छ?
घरधनीसँगको सम्झौतामा पुनः बहालमा दिन सकिने कुरा उल्लेख भएकोमा मात्र बहालवालाले घर वा त्यसको कुनै अंश सम्झौताको अधीनमा रही अन्य व्यक्तिलाई बहालमा दिन सक्नेछ, र त्यसरी दिएकोमा त्यस्तो व्यक्तिको नाम र ठेगाना पन्ध्र दिनभित्र घरधनीलाई लिखित रूपमा दिनु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ३९५
property
house_rent
handmade
legal_072
म विदेशमा छु, नेपालमा भएको जग्गा बेच्न दाइलाई अख्तियारनामा/वारेसनामा दिएर बेच्न मिल्छ?
कसैले आफ्नो अचल सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्नको लागि आफू सम्बन्धित कार्यालयमा उपस्थित हुन नसक्ने कारण जनाई कानून बमोजिम वारेस हुन सक्ने व्यक्तिलाई अधिकृत वारेस नियुक्त गरी पठाएमा त्यस्तो अधिकृत वारेसले निजको तर्फबाट निजको सम्पत्ति कुनै व्यक्तिलाई बिक्री गरी हस्तान्तरण गर्न सक्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४२५
property
deeds_poa_gift
handmade
legal_073
बकसपत्र भनेको के हो? हजुरआमाले माया गरेर नातिलाई जग्गा दिनु बकस हो कि दान?
कुनै व्यक्तिले आफूलाई पालनपोषण गरी वा अन्य तवरले रिझाए बापत वा पारिवारिक स्नेह वा अनुरागको कारण आफ्नो हक र स्वामित्वको सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसको रूपमा निःशुल्क दिने कार्यलाई बकस मानिनेछ। धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यको लागि निःशुल्क दिने कार्यलाई दान मानिनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४०६
property
deeds_poa_gift
handmade
legal_074
अंशियारको मञ्जुरी नलिई बुबाले पुर्ख्यौली जग्गा एक जनालाई बकसपत्र गरिदिनुभयो, बदर गराउन मिल्छ?
अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा, कानून बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्नेमा मञ्जुरी नलिई दान वा बकस दिएमा, दिने व्यक्ति असक्षम वा अर्धसक्षम भएमा वा कानूनी रीत नपुर्‍याई दिएमा त्यस्तो दान वा बकस बदर गराउन सकिनेछ; मञ्जुरी नलिएकोमा मञ्जुरी नलिएको हदसम्म बदर हुनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४०९
property
deeds_poa_gift
handmade
legal_075
छोरीलाई ५० हजार नगद उपहार दिँदा पनि लिखत बनाउनु पर्छ?
सम्पत्ति हस्तान्तरण गर्दा कानूनको रीत पुर्‍याई लिखत गर्नु पर्नेछ। तर एक लाख रूपैयाँसम्मको नगद वा कुनै चल सम्पत्ति दान वा बकस गर्दा लिखत गर्नु पर्ने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ४१४(४)
property
deeds_poa_gift
handmade
legal_076
दान वा बकस सम्बन्धी उजुरी गर्न कति समयभित्र मुद्दा हाल्नुपर्छ?
आफूले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले दुई वर्षभित्र, तथा अन्य अवस्थामा काम कारबाही भएको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सकिनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४१२
property
deeds_poa_gift
handmade
legal_077
बुबा थलिएर मालपोत जान सक्नुहुन्न, घरमै आएर लिखत पारित गराउने व्यवस्था छ?
कसैले कुनै लिखत डोरमार्फत पारित गराई पाउन सम्बन्धित कार्यालयमा निवेदन दिएमा लिखत पारित गर्दा लाग्ने दस्तुर धरौटी राख्न लगाई कार्यालयको प्रमुख वा निजले तोकेको कर्मचारीले पाँच दिनभित्र निवेदकले उल्लेख गरेको स्थानमा गई कानूनको रीत पुर्‍याई त्यस्तो लिखत पारित गर्नु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४६६
property
deeds_poa_gift
handmade
legal_078
अर्काको नाममा भएको जग्गा नक्कली मान्छेले बेचेछ, किन्नेले के गर्ने? त्यो लिखत टिक्छ?
कसैले पनि अर्काको हक र स्वामित्वको सम्पत्ति अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाउने छैन। त्यस विपरीत हस्तान्तरण गरेमा त्यस्तो लिखत वा कारोबार बदर हुनेछ र वास्तविक स्वामित्ववालाले दाबी गरेमा सम्पत्ति प्राप्त गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति स्वामित्ववालालाई फिर्ता गर्नु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४२१
property
deeds_poa_gift
handmade
legal_079
मौखिक कुरा मिलाएर गरेको सम्झौता कानुनी रूपमा मान्य हुन्छ कि लिखित नै चाहिन्छ?
करार गर्ने व्यक्तिको सहमति, करार गर्ने सक्षमता, दायित्व सिर्जना हुने निश्चित विषय र वैध दायित्व भएको करार कानून बमोजिम कार्यान्वयन हुन सक्नेछ। करार लिखित वा मौखिक रूपमा वा पक्षहरूको आचरणबाट समेत हुन सक्नेछ, तर कुनै करार खास प्रक्रिया वा औपचारिकता पूरा गरी गर्नुपर्ने रहेछ भने सो पूरा नभई कार्यान्वयन हुन सक्ने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ५०५
property
contracts
handmade
legal_080
१६ वर्षको केटासँग गरेको बाइक बिक्री सम्झौता मान्य हुन्छ?
नाबालक र होस ठेगानमा नभएको व्यक्ति बाहेक अरू जुनसुकै व्यक्ति करार गर्न सक्षम हुनेछन्। असक्षम वा अर्धसक्षम व्यक्तिको तर्फबाट करार गर्दा निजको संरक्षक वा माथवरले करार गर्न सक्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ५०६
property
contracts
handmade
legal_081
कानुनले निषेध गरेको काम गर्ने गरी गरेको सम्झौता लागू हुन्छ? कस्ता करार बदर हुन्छन्?
कानून बमोजिम मान्य नहुने करार बदर करार मानिनेछ। कानूनले निषेध नगरेको पेशा, व्यापार वा व्यवसाय गर्नबाट रोक लगाउने, कानूनको विरुद्धमा वा प्रचलित कानूनले निषेध गरेको कुरामा भएको, तथा अनैतिक उद्देश्यको लागि वा सार्वजनिक व्यवस्था वा हितको विरुद्धमा भएको करार बदर हुनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ५१७
property
contracts
handmade
legal_082
धम्की दिएर र झुक्याएर मसँग जग्गा बिक्रीको करारमा सही गराए, त्यो करार बदर गराउन सकिन्छ?
करारका पक्षको प्रयासमा अदालतबाट बदर घोषित गराउन सकिने करारलाई बदर गर्न सकिने करार मानिनेछ। करकाप, अनुचित प्रभाव, जालसाजी वा झुक्यानबाट भएको करार त्यस्तो करारबाट मर्का पर्ने व्यक्तिले अदालतबाट बदर गराउन सक्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ५१८
property
contracts
handmade
legal_083
ठेकेदारले घर बनाउने सम्झौता गरेर बीचमै काम छाड्यो, म सम्झौता रद्द गर्न सक्छु?
करारको कुनै पक्षले करार बमोजिमको दायित्व पूरा नगरेमा, आफूले गर्नु पर्ने काम नगर्ने सूचना दिएमा वा निजको आचरणबाट करार बमोजिम काम गर्न असमर्थ देखिएमा निजले करार उल्लङ्घन गरेको मानिनेछ। सारभूत रूपमा करार उल्लङ्घन भएको देखिएमा अर्को पक्षले सूचना दिई करार रद्द गर्न सक्नेछ र रद्द गर्ने पक्ष करार पालना गर्न बाध्य हुने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ५३५
property
contracts
handmade
legal_084
सम्झौता तोडेकोले मलाई घाटा भयो, कति क्षतिपूर्ति माग्न पाइन्छ?
करार उल्लङ्घन भएकोमा मर्का पर्ने पक्षले वास्तविक हानि, नोक्सानी वा करार गर्दा पक्षहरूलाई जानकारी भएको सम्भावित हानि नोक्सानी उल्लङ्घन गर्ने पक्षबाट भराई लिन पाउनेछ। करारमै क्षतिपूर्तिको निश्चित रकम तोकिएकोमा सो रकममा ननाघ्ने गरी मनासिब रकम पाउनेछ, तर अप्रत्यक्ष वा टाढाको हानि नोक्सानी बापत क्षतिपूर्ति भराउन पाइने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ५३७
property
contracts
handmade
legal_085
बैना लिएर जग्गा बेच्ने सम्झौता गरेको मान्छेले अहिले बेच्दिन भन्छ, पैसा होइन जग्गा नै चाहियो भने अदालतले लगाइदिन्छ?
करार उल्लङ्घनबाट मर्का पर्ने पक्षलाई नगद क्षतिपूर्ति मनासिब र पर्याप्त नहुने भएमा निजले क्षतिपूर्तिको सट्टा करारको यथावत परिपालनाको दाबी गर्न सक्नेछ। तर नगद क्षतिपूर्ति नै पर्याप्त हुने, अदालतले परिपालनाको सुपरीवेक्षण गर्न नसक्ने, व्यक्तिगत सीप वा क्षमताको सेवा सम्बन्धी करार भएको आदि अवस्थामा यथावत परिपालनाको दाबी गर्न...
मुलुकी देवानी संहिता, २०७४
दफा ५४०
property
contracts
handmade
legal_086
भूकम्पले भवन नै भत्कियो, अब भाडा/निर्माण सम्झौता पूरा गर्नै पर्छ?
करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भई करारको परिपालना असम्भव भएमा करार बमोजिमको काम गर्नु पर्ने छैन। युद्ध, बाढी, पहिरो, आगलागी, भूकम्प जस्ता मानवीय नियन्त्रण बाहिरको अवस्थाले वा करारको विषयवस्तु नष्ट भई परिपालना असम्भव भएमा आधारभूत परिवर्तन भएको मानिन्छ, तर परिपालना कठिन भएको वा घाटा हुने भएको मात्रले आधारभूत प...
मुलुकी देवानी संहिता, २०७४
दफा ५३१
property
contracts
handmade
legal_087
व्यक्तिसँग सापटी लिँदा साहूले वार्षिक कति प्रतिशतसम्म ब्याज लिन पाउँछ?
लेनदेनको लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहूले लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउनेछ, तर त्यस्तो ब्याज साँवा रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुने छैन। ब्याजको दर किटान नगरी ब्याज लिनेदिने कुरासम्म उल्लेख भएकोमा वार्षिक दश प्रतिशतका दरले ब्याज लिन पाउनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४७८
property
loans_mortgage
handmade
legal_088
साहूले ब्याजमा पनि ब्याज जोडेर चक्रवृद्धि हिसाबले पैसा माग्दैछ, यो कानुनी हो?
साहूले ऋणीबाट ब्याजको ब्याज लिन पाउने छैन। त्यस विपरीत ब्याजको ब्याज लिएको रहेछ भने साँवामा कट्टी हुनेछ र साँवा चुक्ता भइसकेको रहेछ भने त्यस्तो ब्याज फिर्ता गर्नु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४८०
property
loans_mortgage
handmade
legal_089
धेरै वर्ष भयो, साहूले लिएको साँवाभन्दा बढी ब्याज माग्यो, तिर्नै पर्छ?
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि साहूले ऋणीबाट साँवाभन्दा बढी ब्याज लिन पाउने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ४८१
property
loans_mortgage
handmade
legal_090
घरसारमा तमसुक गरेर दिएको ऋण कति वर्षसम्म दाबी गर्न मिल्छ? बीचमा केही तिरेमा म्याद थपिन्छ?
घरसारमा भएको लेनदेनको लिखतको अवधि बढीमा दश वर्षको हुनेछ। दश वर्षभित्र ऋणीले साँवा वा ब्याजमध्ये केही रकम बुझाएमा वा लिखतको अवधि थप गरेमा त्यसरी बुझाएको वा अवधि थप गरेको मितिले अर्को दश वर्ष थप हुनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ४८४
property
loans_mortgage
handmade
legal_091
भोगबन्धकीमा खेत राखेर ऋण लिएँ, साहूले खेत पनि भोग गर्छ अनि ब्याज पनि माग्छ, पाउँछ?
साहूले कुनै सम्पत्ति भोगबन्धकी लिई ऋण दिएकोमा त्यस्तो ऋण बापत ऋणीसँग कुनै किसिमको ब्याज, दस्तुर वा शुल्क लिन पाउने छैन। दृष्टिबन्धकी लिएको सम्पत्तिमा साहूको भोग कायम भएपछि पनि ब्याज, दस्तुर वा शुल्क लिन पाउने छैन।
मुलुकी देवानी संहिता, २०७४
दफा ४४१
property
loans_mortgage
handmade
legal_092
साथीको ऋणमा जमानी बसेँ, उसले नतिरे बैंकले मसँग असुल्न सक्छ?
कुनै व्यक्तिले लिएको ऋण वा कबूल गरेको दायित्व चुक्ता नगरेमा तेस्रो पक्षले चुक्ता गरिदिने गरी करार भएकोमा जमानत सम्बन्धी करार भएको मानिनेछ। ऋणीले ऋण नतिरेमा करारका शर्त बमोजिम जमानत दिने व्यक्तिले त्यस्तो ऋण तिरिदिनु पर्नेछ र जमानत सम्बन्धी करार लिखित रूपमा हुनु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ५६३
property
loans_mortgage
handmade
legal_093
जमानी बसेकोले साथीको ऋण मैले तिरिदिएँ, अब त्यो पैसा साथीबाट कसरी असुल्ने?
जमानत दिने व्यक्तिले ऋणीको तर्फबाट तिर्नु पर्ने ऋण साहूलाई तिरेपछि जमानत दिने व्यक्ति साहूको रूपमा प्रतिस्थापन हुनेछ र निजले साहू सरह ऋणीबाट ऋण असुल गर्न वा कानूनी कारबाही चलाउन सक्नेछ। ऋणीले तिरिदिएको सम्पूर्ण रकम, त्यसमा लाग्ने ब्याज र कानूनी कारबाहीको खर्च समेत जमानत दिने व्यक्तिलाई तिर्नु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ५६७
property
loans_mortgage
handmade
legal_094
करार सम्बन्धी मुद्दा कति समयभित्र हाल्नुपर्छ? बदर करारमा हदम्याद लाग्छ?
बदर हुने करारको हकमा जहिलेसुकै, बदर गराउन सकिने करारको हकमा करार बदर गराउनु पर्ने कारण उत्पन्न भएको मितिले एक वर्ष र अन्य करारको हकमा मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सकिनेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा ५२०
property
limitation_disputes
handmade
legal_095
छिमेकीले सार्वजनिक ऐलानी/बाटोको जग्गा मिचेर पर्खाल लगाएको छ, कहाँ उजुरी गर्ने?
कसैले पनि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा च्यापी, मिची, घुसाई वा अन्य कुनै तवरले आफ्नो कब्जामा राख्न हुँदैन। त्यस विपरीत कब्जा वा आवाद गरेमा सरकारी वा सार्वजनिक जग्गा भए मालपोत कार्यालयले र सामुदायिक जग्गा भए स्थानीय तहले जग्गा छुट्याई खाली गराउनु पर्नेछ र मालपोत कार्यालयले दश हजार रूपैयाँसम्म जरिबाना गर्नेछ; यस्त...
मुलुकी देवानी संहिता, २०७४
दफा ३०६
property
limitation_disputes
handmade
legal_096
सँधियारले हाम्रो पर्खालसँगै टाँसेर सेप्टिक ट्याङ्की बनाउँदैछ, रोक्न मिल्छ?
कसैले पनि सँधियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन पाउने छैन। आफ्नो जग्गामा सेफ्टी ट्याङ्की बनाउनु परेमा सँधियारको स्वीकृति भएकोमा बाहेक कम्तीमा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्गा छोड्नु पर्नेछ।
मुलुकी देवानी संहिता, २०७४
दफा २८२
property
limitation_disputes
handmade
legal_097
३० वर्षभन्दा बढी हामीले भोग गर्दै आएको अर्काको जग्गा आफ्नो नाममा गराउन मिल्छ?
कुनै व्यक्तिले अर्काको जमिन तीस वर्षभन्दा बढी समयदेखि आफ्नै जमिन सरह भोग गरेमा निजको प्रतिकूल भोगाधिकार रहेको मानिनेछ र निजले त्यस्तो जमिन आफ्नो नाममा स्वामित्व कायम गराउन सक्नेछ। तर सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गामा प्रतिकूल भोगाधिकार प्राप्त हुँदैन, स्वामित्ववालाको जानकारी बिना, गोप्य वा जबरजस्ती भोग गरे...
मुलुकी देवानी संहिता, २०७४
दफा २७३
property
limitation_disputes
handmade
legal_098
सडक विस्तारमा सरकारले मेरो जग्गा अधिग्रहण गर्‍यो, मुआब्जा कसरी र कुन आधारमा तोकिन्छ?
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा तिनको पूर्ण स्वामित्वको संस्थाका लागि प्राप्त गरिने जग्गाको मुआब्जा निर्धारण गर्दा मुआब्जा निर्धारण समितिले नेपाल सरकारले समय समयमा दिएको मार्गदर्शन र जग्गा प्राप्त गरेको कारणले सरोकारवालाले बसोबास वा कारोबारको ठाउँ अन्यत्र सार्नु परेबाट बेहोर्नु परेको नोक्सानीको विचार राख्नु पर...
जग्गा प्राप्ति ऐन, २०३४
दफा १६
property
acquisition_building
handmade
legal_099
जग्गा प्राप्तिको सूचना टाँसियो, मेरो जग्गा लिनु हुँदैन भन्ने उजुरी कहाँ र कति दिनभित्र दिने?
जग्गा प्राप्तिको सूचना टाँस भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफ्नो जग्गा प्राप्त गर्नु नपर्ने कुनै कारण भए त्यसको कारण खोली सम्बन्धित जग्गावालाले स्थानीय अधिकारीको कार्यालय मार्फत नेपाल सरकार, गृह मन्त्रालयमा उजुर गर्न सक्नेछ, र त्यस्तो उजुरीको निर्णय साधारणतया पन्ध्र दिनभित्र गर्नु पर्नेछ।
जग्गा प्राप्ति ऐन, २०३४
दफा ११
property
acquisition_building
handmade
legal_100
नगरपालिकाबाट नक्सा पास नगरी घर वा तल्ला थप्दा के कारबाही हुन्छ?
कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन; भवन निर्माण भन्नाले नयाँ भवन बनाउने, पुरानो भत्काई पुनः निर्माण गर्ने, तल्ला थप्ने, मोहडा फेर्ने वा कम्पाउण्ड वाल लगाउने कार्य समेत जनाउँछ। नक्सा पास नगरी भवन बनाएको ठहरेमा पाँच लाख रुपैयाँसम्म जरिबाना गरी अध्यक्ष वा प्रमुखले सो भवन वा त्यसक...
स्थानीय सरकार सञ्चालन ऐन, २०७४
दफा २७, ३९
property
acquisition_building
handmade
End of preview. Expand in Data Studio

Nepali Legal QA

200 Nepali (Devanagari) legal questions, each paired with the passage of Nepali law that answers it. The questions cover what ordinary people in Nepal most often ask about the law. The set is built for evaluating retrieval and embedding models and is test only. Please do not train on it.

Data

One JSON object per line in legal_test.jsonl:

field description
id legal_001 … legal_200
query Question phrased the way a member of the public would ask it
passage The relevant provision: statute wording, or a close Nepali rendering of it
law Full Nepali name of the Act, with year (B.S.)
section दफा / धारा cited, in Nepali numerals (blank for 4 items)
category family, property, criminal, labour, consumer, business, rights
subdomain Finer topic label, e.g. divorce, house_rent, bail, gratuity
source handmade
from datasets import load_dataset
ds = load_dataset("W4ashabii/legal_QA", split="test")

Coverage

category n
family 50
property & contracts 50
criminal 50
rights (constitution, RTI, ID, children, elderly, disability) 20
labour (incl. social security, foreign employment) 15
business (company, tax) 8
consumer 7

The items cite 31 laws. The most cited are मुलुकी देवानी संहिता, २०७४ (72), मुलुकी अपराध संहिता, २०७४ (25), नेपालको संविधान (18), श्रम ऐन, २०७४ (10) and मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ (9). No sub-topic has more than 10 items.

Limitations

  • Many passages are close renderings or condensed versions of the provision rather than the official wording.
  • Nepali law is amended often. Some figures, such as penalties, thresholds and deadlines, may be out of date.
  • Four items have no section number.
  • This dataset is not legal advice.
Downloads last month
31